माइक्रोबस दुर्घटनामा ३ को मृत्यु

0
Shares

 

हिक्मत नेपाली, दैलेख
सुर्खेतदेखि दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दैलेखको गुरास गाउँपालिका–४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा१ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिनुभएको छ।

दुर्घटनामा १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी बुटवल–७ दीपनगरका ३८ का विनोद कुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षिय हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाटाभार–२, बर्दिया वर्ष २५ का नरेश थारु र सोही ठाउँका वर्ष ३६ का धर्म थारु घाइते भएका छन्।

यस्तै पाटाभार–२ बर्दिया वर्ष ३५ का विनोद चौधरी, दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षीय सुरेश देवकोटा, दैलेख कालभैरव–१ का वर्ष २१ का विमलबहादुर थापा र पाटाभार–२ बर्दिया वर्ष ३६ का पशुराम चौधरी घाइतेका भएका छन्। घाइतेहरूको देउती नार्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।