भयानक खडेरी


 

साना, (एजेन्सी)
दशकौंपछि यमनले विश्वकै सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको छ। संयुक्त राष्ट्र संघका एकजना वरिष्ठ अधिकारीले बिहीबार यदि समयमै आवश्यक राहत सामग्री उपलब्ध नगराइएको खण्डमा लाखौं व्यक्ति यसको शिकार हुनसक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्र संघका सहायक महासचिव मार्क लोककले अन्तर्राष्ट्रिय जगत्सँग मानवीय राहत सामग्रीका लागि आह्वान गर्दै साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनलाई युद्धग्रस्त यमनमाथि लगाइँदै आएको नाकाबन्दी हटाउन पनि अनुरोध गरेका छन्। सोमबार उक्त गठबन्धन फौजले हौथथी लडाकूले रियादमा क्षेप्यास्त्र प्रहार गरेकाले यमनतर्फ जाने जल, स्थल र हवाई मार्ग रोकेको थियो।