नयाँ नाम

0
Shares

 

हरारे, (एजेन्सी)
जिम्बावेको सरकारले हरारे अन्तर्राष्ट्रिय विमानस्थललाई त्यहाँका वर्तमान राष्ट्रपति रोवर्ट मुगावेको नाम दिएको छ। यातायात मन्त्री जोराम गुम्बाले मुगावे ‘वीर योद्धा’ र ‘अफ्रिकी आदर्श’ भएकाले पनि विमानस्थलाई उनको नाम दिइनु गौरवको कुरा भएको बिहीबार स्पष्ट पारेका छन्। सन् १९८० देखि नै मुगावेको राजनीतिक उत्तराधिकारी को हुने भन्नेबारे जिम्बावेमा तनाव रहेको छ। उनका सम्भावित थुप्रै उत्तराधिकारीलाई पदबाट हटाइसकेको छ। ९३ वर्षीय मुगावेले भने आफू आगामी वर्ष हुने राष्ट्रपतीय चुनावमा पनि उठ्ने बताइसकेका छन्।