मन्त्रीको राजीनामा

0
Shares

 

लन्डन, (एजेन्सी)
बेलायत सरकारमा भारतीय मूलकी मन्त्री प्रीति पटेलले आफ्नो निजी इजरायल यात्रालाई उठेको विवादलाई लिएर राजीनामा दिएकी छिन्। गत अगस्टमा निजी पारिवारिक छुट्टी मनाउन इजरायल पुगेकी प्रीति पटेलले प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र अन्य इजरायली अधिकारीहरूसँग भेटघाट गरेकी थिइन्। यसको जानकारी उनले बेलायती सरकार र इजरायलमा बेलायती दूतावासलाई दिएको थिएन। पटेलले विवाद उठपछि सोमबार माफी मागेकी थिइन्। अफ्रिका भ्रमणलाई छोटइएर बीचमै फर्केकी पटेलले पदको मानमर्यादा र अपेक्षाअनुरूप आफ्नो क्रियाकलाप नभएको स्विकार्दै राजीनामा दिएकी छिन्।