स्थानीय तहका उजुरी अख्तियारमा धेरै

0
Shares

कालीबहादुर मल्ल
कालिकोट
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रदेश नम्बर ६ का सबैभन्दा बढी मुद्दा स्थानीय तहका परेका छन्। स्थानीय तह गठन भएको ६ महिना नपुग्दै स्थानीय तहमा मुद्दा बढ्दै गएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो।
संघीय संरचनाअनुसार ६ नम्बर प्रदेशका दशवटा जिल्लामध्ये सबैभन्दा बढी उजुरी सुर्खेतबाट ८३ वटा मुद्दा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले बिहीबार कालिकोटको मान्ममा गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धित अन्र्तक्रिया कार्यक्रमा जानकारी गराइएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा कालिकोटबाट ७१, दैलेखबाट ६३, जाजरकोटबाट ६०, हुम्लाबाट ३६, रुकुमबाट २३, डोल्पाबाट १८, जुम्लाबाट १७, मुगुबाट १५ र सल्यानबाट १५ गरी कूल ४ सय १ उजुरी दर्ता भए पनि हालसम्म ४९ बटा उजुरी मात्र फछर्यौट भएका र ३ सय ५२ उजुरीमाथि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा प्रदेश नम्बर ६ बाट सबैभन्दा बढी मुद्दा स्थानीय तहका हुन आएका आयोग सुर्खेत कार्यालयका प्रमुख पन्तले बताउनुभयो। ‘विभिन्न सरकारी निकायमध्ये स्थानीय तह अर्थात् संघीय मामिलाअन्र्तगतका मुद्दा बढी दर्ता भएका छन्।’ उहाँले भन्नुभयो– ‘संघीय मामिला तथा स्थानीय विकासतर्फ उपभोक्ता समिति गठन प्रक्रिया अनियमित, गुणस्तरहीन पूर्वाधार विकास निर्माण, कर्णाली रोजगारलगायतका क्षेत्रमा अनियमितता भएको, शिक्षातर्फ पाठ्यपुस्तक समयमा नपुगेको, छात्रावृत्ति वितरण नगरेका, स्वास्थ्यतर्फ औषधि खरिद प्रक्रियामा अनियमित गरेको, करार कर्मचारी भर्नामा अनियमित हुने जस्ता उजुरी अख्तियारमा पर्ने गरेका छन्।’

स्थानीय तह गठन भएको ६ महिना नपुग्दै सबैभन्दा बढी उजुरी स्थानीय तहको पर्नु यो राम्रो संकेत नभएको स्थानीय पत्रकार रमेश रावलले बताए।