पाइन्टभित्र अजिंगर


बर्लिन, (एजेन्सी)
एक युवकको पाइन्टबाट अजिंगर बरामद भएपछि प्रहरीले ती किशोरलाई गिरफ्तार गरेका छन्। उक्त घटना जर्मनीको ड्याम्स्ट्याड्ट शहरको हो। पक्राउ परेका युवक १९ वर्षका भएको र उनी विरुद्ध नशामा अरुसँग झगडा गरिरहेको प्रहरीमा उजुरी परेको बताइएको छ। ती व्यक्तिको तलासीका क्रममा उनको पाइन्ट धेरै गह«ौं भएको देखिएको र उनले नै आफ्नो पाइन्टमा सर्प भएको बताएको प्रहरीले जानकारी दिए। पाइन्टभित्रको सर्प बरामद भएपछि मात्रै त्यो करिब ३५ सेन्टिमिटरको अजिंगरको बच्चा भएको थाहा भएको हो। पाइन्टमा सर्प लुकाउनुको कारण स्पष्ट नभए पनि त्यो उनकै नातेदारको हुन सक्ने अनुमान गरिएको छ।