ट्रम्पको चेतावनी


 

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई यदि उसले उत्तर कोरियाको खतराको मुद्दामा सम्बोधन नभएमा ‘योद्धाहरूको मुलुक’ जापान आफैंले त्यसका लागि पहल गर्न सक्ने चेतावनी दिएको छ। एसियाको पहिलो भ्रमण अगाडि प्रतिक्रिया दिने क्रममा उनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम तनावको केन्द्र बनेको छ। ‘जापान एउटा योद्धाहरूको मुलुक हो र म चीनलगायत अरू सबैलाई भन्छु, तिमीहरूका लागि चाँडै नै जापान ठूलो समस्या बन्न सक्छ, यदि तिमीहरू उत्तर कोरियालाई अहिलेको स्थिति जारी राख्न दिन्छ भने।’ –ट्रम्पले फक्स न्युजलाई बताए।