जीएमईबाट कोरियोको रेमिट्यान्स भित्रिने

0
Shares

 

काठमाडौं, (नेस)
ग्लोबल मनि एक्सप्रेस (जीएमई) रेमिट्यान्स कम्पनीले दक्षिण कोरियाबाट रेमिट्यान्स कारोबार शुरू गरेको छ। रेमिट्यान्स कारोबारको औपचारिक उद्घाटन कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले आइतबार गर्नुभएको हो।

कोरियामा कोरियन सरकारको तर्फबाट प्राइभेट मनि टन्सफर कम्पनीलाई पहिलोपटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने जीएमई पहिलो रेमिट्यान्स कम्पनी भएको हो। कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासँगै यसका शाखा तथा अनलाइनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने भएको छ। कोरियाबाट पठाएको रकम ग्लोबल आईएमई बैंकका नेपालमा रहेका सम्पूर्ण शाखा तथा नेपालभर रहेका ७ हजारभन्दा बढि एजेन्टमार्फत् १० मिनेटभित्रमै प्राप्त गर्न सकिने कम्पनीको दाबी छ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्डिस्ट्रिजका अध्यक्ष किरण प्रकाश साखःलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासँगै विभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिइरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, एनआरएनका प्रतिनिधि, कोरियामा रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।