ग्रह फेला पर्यो


 

डेलावेयर, (एजेन्सी)
खगोलशास्त्रीहरुले एक तारालाई धेरै दूरीबाट परिक्रममा गरिरहेको एक ग्रह फेलापारेका छन्। अत्यन्त शक्तिशाली टेलिस्कोपबाट मात्र ठम्याउन सम्भव भएको उक्त मधुरो तारालाई परिक्रममा गरिरहेको उक्त ग्रह एनजीटीएस–१बी फेला पर्नुलाई वैज्ञानिकहरुले अत्यन्त महत्त्व दिएका छन्। उक्त खोजका बारेमा वैज्ञानिकहरुले डिस्कभरी टुडेमा प्रकाशित गरेको छ। डीएलआर इन्स्टिच्युट अफ प्लोनेटरी रिसर्चले उक्त वामन तारा एनजीटीएस–१ लाई परिक्रमा गरिरहेको ग्रह भने विशाल बृहस्पति आकारको भएको जनाएको छ। यसले ग्रहको उत्पत्तिबारेको बुझाइलाई परिवर्तन गर्ने जनाइएको छ।