ऊर्जा प्लान्टमा विस्फोट


 

रायबरेली, (एजेन्सी)
उत्तर प्रदेशको रायबरेलीस्थित सरकारी स्वामित्वमा रहेको एनटीपीसी प्लान्टमा ब्वाइलर विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको र अन्य १ सय जना घाइते भएका छन्। ऊर्जा केन्द्रको उक्त एकाइमा अन्य कयौं फसिरहेकाले मर्नेको संख्यामा वृद्धि हुन सक्ने जनाइएको छ। घाइते हुनेहरु पनि गम्भीररुपमा जलेको जनाइएको छ। मार्चमा मात्रै सञ्चालनमा आएको ५ सय मेगावाट विद्युत् उत्पादन हुने उन्चाहारस्थित ऊर्जा केन्द्रको ३० वर्ष पुरानो उक्त युनिटको ब्वाइलर पाइप विस्फोट भएको हो। उक्त युनिटमा १ हजार ५ सय जनाभन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ।