ड्रोनले सामान ओसार्दै


 

टोक्यो, (एजेन्सी)
जापानको क्षतिग्रस्त फुकुसिमा आणविक भट्टीको कारण नराम्ररी प्रभावित जापानको एउटा शहरका बासिन्दालाई आवश्यक खाद्यान्न आपूर्तिको काम मानवरहित साना विमान ड्रोनहरुले गरिरहेको स्थानीय प्रशासनले बुधबार जनाएको छ। मिनामिसोमा क्षेत्रमा पसलहरुको पहुँच नपुगेको बताइएको छ। सन् २०११ मा भयावह भूकम्पपछि आएको सुनामीको कारण सो भट्टी क्षतिग्रस्त हुन पुग्दा विकिरणसमेत चुहावट भएको थियो। गत वर्ष सो क्षेत्रका बासिन्दालाई फर्कने अनुमति दिइएको थियो। तर तिनीहरुका लागि दैनिक उपभोग वस्तुको आपूर्ति निकै कठिन रहको छ।