सुमार्गीलाई ‘गोल्डेन रेस्पोन्सिबिलिटी अवार्ड’

0
Shares

 

हेटौंडा, (नेस)
नेपालका चर्चित हेटौंडेली व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड–२०१७’ बाट सम्मानित भएका छन्।

नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान गरेका हुन्।

साँच फाउन्डेसनको तत्त्ववधानमा आयोजित कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा हिन्दुजा फाउन्डेसन युके, इन्स्टिच्युट अफ डिरेक्टर इन्डिया, रविन ग्रुप अफ कम्पनी अध्यक्ष विजय कारिया, डा. निकोलस ग्रे, ग्राञ्ज होटल ग्रुप लन्डनका प्रबन्ध निर्देशक डोनी म्याथ्यु, प्रसिद्ध चिकित्सक डाक्टर साउमित्र रावतलगायत छन्।

सम्मान प्रतिष्ठित व्यवसायीसहित विशिष्ट व्यक्तित्वलाई वर्षेनी प्रदान गर्ने गरिन्छ। सम्मानित भएपछि व्यवसायी सुमार्गीले समाजमा गरिएको लगानीले समाज रूपान्तरणमा कतिको योगदान पुग्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। ‘समाजमा लगानी गरेर हामीले कति कमायौं, त्यो महत्त्वपूर्ण होइन,’ उनले भने– समाज रूपान्तरणका लागि हामीले के गर्न सक्यौं, त्यो महत्त्वपूर्ण कुरा हो। कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।