यिङलकको पासपोर्ट रद्द


 

 

बैंकक, (एजेन्सी)
थाइल्यान्डले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्राको पासपोर्ट रद्द गरेको छ। लापरबाही भएको आरोपको मुद्दामा फैसला हुनुअगाडि देशबाट भागेकी सिनावात्रा त्यसबेलादेखि सार्वजनिक नभएको अधिकारीहरूले बताए। उनको अनुपस्थितिमा सरकारी चामल नीतिमा घुषखोरी रोक्न असफल भएकोमा अदालतले उनलाई ५ वर्षको जेल सँजाय तोकेको थियो। उक्त फैसलालाई पूर्वप्रधानमन्त्रीको परिवारलाई राजनीतिबाट बाहिर राख्ने जुन्ता सरकारको प्रयास भएको उनका समर्थकहरूले बताएका छन्। यिङलकको सबै पासपोर्ट रद्द भएको विषयमा विदेशमन्त्री डोन प्रमुद्विनाइले पत्रकारहरूलाई जानकारी दिएका थिए।