आत्मघाती आक्रमण


 

काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा मंगलबार भएको एक आत्मघाती बम आक्रमणमा कम्तिमा ४ जना व्यक्तिको ज्यान जानुका साथै अन्य १३ जना घाइते भएको सुरक्षा सूत्रले जनाएको छ। काबुल प्रहरीका प्रवक्ताले ती आत्मघाती आक्रमणकारी १२ वा १३ वर्षीय बालक भएको बीबीसीलाई जानकारी दिएका छन्। तथाकथित इस्लामिक स्टेट ( आईएस ) ले यस घटनाको औपचारिक रूपमा जिम्मेवारी लिएको छ। प्रहरीले मर्नेको संख्या बढ्न सक्ने जनाएको छ। केही महिना यता तालिवान र अन्य लडाकू समूहले काबुलमा आक्रमण तिव्र पारेको छ।