काकाहरू दोषी

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतको एक चुस्त अदालतले १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पुरुषलाई दोषी ठहर गरेको छ। ती बालिकाले अगस्टमा एक छोरी जन्माएकी थिइन्। ती अभियुक्त दुवै पीडित बालिकाका काका रहेको बताइएको छ। बिहीबार तिनीहरूलाई अदालतले सँजाय सुनाउने भएको छ। गत जुलाइको मध्यतिर उनले पेट दुखेको गुनासो गरेपछि उनका अभिभावकले अस्पताल लगेपछि मात्र उनी गर्भवती रहेको भेद खुलेको थियो। उनको बच्चाको डीएनए नमुना उनका ठूलो काकासँग नमिलेकाले अर्को कान्छो काकालाई गिरफ्तार गरिएको थियो। ठूलो काकाले शुरूमै आरोप स्वीकारेका थिए।