निर्माण व्यवसायी महासंघमा श्रेष्ठ

0
Shares

 

काठमाडौं, (नेस)
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठलाई पदस्थापन गरिएको छ। महासंघ सचिवालय अनामनगरमा सोमबार बसेको महासंघ कार्य समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा पदस्थापन गरेको हो।

गत असोज २३ मा अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। सोमबारकै बैठकले वरिष्ठ उपाध्यक्षमा लक्ष्मणुकमार रानालाई पदस्थापन गरेको छ। राना यसअघि महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो। बैठकले महासंघको २० औं साधारण सभा अगामी फागुन मसान्त सम्म गर्ने निर्णय गरेको छ। यसैबीच गौचनको हत्यारा पत्ता लगाउन सरकार उदासीन रहेको भन्दै महासंघले पुनः दबाबमूलक कार्यक्रम संचालन गर्ने भएको छ। हत्यारा यथाश्रिघ पत्ता लगाई कारबाही गर्न राज्यका निकायलाई दबाब दिने सिलसिलामा महासंघले प्रधानमन्त्रीसहित सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई पुनः ज्ञापन पत्र बुझाउने भएको छ।