२१ शिशुको मृत्यु


 

 

नयाँदिल्ली, (एजेन्सी)
भारतको गुजरात राज्यको अहमदावाद सिभिल अस्पतालमा विगत ५ दिनमा २१ नवजात शिशुको मृत्यु भएको बताइएको छ। अस्पतालका निर्देशक डाक्टर एमएम प्रभाकरले गत बुधबारदेखि आइतार रातिसम्ममा अस्पतालमा २१ बच्चाको मृत्यु भएको जानकारी दिए। १ सय बेड क्षमताको उक्त अस्पतालमा विभिन्नका कारण दैनिक दुई तीन नवजात शिशुको मृत्यु हुने गरेको उनले बताए। पछिल्लो समयामा धेरै बच्चाको मृत्यु हुनुको कारण समयअगाडि प्रशव हुनु र श्वास लिनमा कठिनाइ तथा संक्रमण भएको उनले जानकारी दिए। उक्त अस्पतालमा गुजरातबाहेक राजस्थान र मध्यप्रदेशबाट पनि बच्चाहरूको उपचार गराउन आउँछन्।