प्राध्यापक सिकिस्त


 

 

काबुल, (एजेन्सी)
अफगान तालिवान लडाकूले सोमबार गत वर्ष राजधानी काबुलमा बन्दुक तेर्साएर अपहरण गरिएका अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानका दुई जना प्राध्यापकमध्ये एक जना सिकिस्त बिरामी परेको र उनको तत्काल उपचारको आवश्यकता रहेको जनाएको छ। तालिवान प्रवक्ता जविहुल्लाह मुजाहिदले किंग नामक ती अमेरिकी मुटु र मृगौलाको गम्भीर समस्याबाट पीडित रहेको बताएका छन्। एक विज्ञप्तिमार्फत मुजाहिदले भने– ‘उनको अवस्था गम्भीर छ। उनका खुट्टा सुन्निएका छन्। उनी समय समयमा बेहोस हुने गरेका छन्।’ अपहरित अर्का प्राध्यापक अस्ट्रेलियाली हुन्।