भीषण आँधी


 

 

वार्सा, (एजेन्सी)
मध्य तथा उत्तरी युरोपमा फैलिएको भीषण आँधी हुरीका कारण जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा कम्तीमा ६ जनाको ज्यान गइसकेको सोमबार युरोपेली सञ्चारमाध्यमले जनाएको छ। मर्नेमध्ये एक जना ६३ वर्षीय वृद्ध पनि रहेका छन्। उनको जर्मनीको समुद्रमा डुबेर मृत्यु भएको हो। त्यसैगरी जर्मनीमा नै बिदा मनाइरहेका अन्य दुईजना व्यक्तिको मोटोर बोट पल्टिँदा मृत्यु भएके छ। चेक गणतन्ज्ञको उच्च पहाडी भागमा प्रतिघण्टा १ सय ८० किमि वेगमा हुरी चलिरहेको छ।