बलिउड अभिनेता टमको निधन

0
Shares

बलिउड फिल्मका चर्चित अभिनेता तथा थिएटर कलाकार टम अल्टरको निधन भएको छ। टाइम्स अफ इन्डियामा छापिएको खबरअनुसार टम स्किन क्यान्सरबाट पीडित थिए। अभिनेता टमको परिवारले आधिकारिकरूपमा उनको मृत्यु भएको जानकारी दिएको हो।

स्क्वामस सेल कार्सिनोमा (एसएससी) रोगबाट थलिएका टमको उपचारको क्रममा मुम्बईस्थित सेफी अस्पतालमा गत शुक्रबार निधन भएको हो। भारतीय कला एवं फिल्मी क्षेत्रमा पुर्याएको योगदानका लागि सन् २००८ मा भारत सरकारको तर्फबाट अभिनेता तथा कलाकार टमलाई पद्मश्री पुरस्कारबाट सम्मान गरिएको थियो।

सन् १९७६ मा अर्का बलिउड अभिनेता धर्मेन्द्रको फिल्म चरसबाट बलिउडमा पाइला टेकेका टम अल्टरले यसअघि धेरै नाटकमा काम गरिसकेका थिए। उनले पुनेमा रहेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट डिप्लोमा गर्ने क्रममा सन् १९७४ मा गोल्ड मेडल पनि जितेका थिए। यसका साथै सन् १९८० देखि १९९० सम्म उनले खेलकुद पत्रकारका रूपमा पनि काम गरेका थिए।