ठाडोभाकामा स्पर्धा

0
Shares

लमजुङ, (नेस)। लमजुङमा ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी, भेडीखर्केको ४५औं पुण्यतिथि मनाइएको छ। त्यसै सन्दर्भमा आयोजना गरिएको ठाडोभाकाको खुला दोहोरी गीत र नृत्य प्रतियोगितामा २७ टिमले भाग लिएका थिए।

लोकगायक एवं सीबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङद्वारा शुभारम्भ गरिएको प्रतियोगितामा मध्यनेपाल नपा १० नेटा निवासी यमबहादुर दुराको टोली प्रथम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ द्वितीय र दोर्दी गाउँपालिका पाचोकका श्रीमान् तामाङको टोली तृतीय भए। यसै गरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति गोरखा सान्त्वना भयो। विजेता टोलीलाई क्रमशः २०, १५, १०, ५ र ३ हजार नगदसहित प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

नेपाल पूर्वप्रहरी संगठनका जिल्ला अध्यक्ष कुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी धु्रवबहादुर कुँवरले स्वागत गरेका थिए। सो अवसरमा विभिन्न सहभागीले भेडीखर्केको योगदानको चर्चा गर्दै उनको भाका बचाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताएका थिए।