पत्रकार हिरासतमा


 

यांगुन, (एजेन्सी)
म्यान्मार प्रहरीले दुईजना विदेशी र दुईजना बर्मेली पत्रकारलाई संसद् भवननजिक एउटा ड्रोन विमान उडाएर प्रचलित सुरक्षा कानुन तोडेको अभियोग लगाएको छ। अदालतमा सुनुवाइ नहुन्जेल तिनीहरुलाई हिरासतमा राखिने भएको छ। यदि दोषी ठहर भएको खण्डमा तिनीहरुलाई जनही अधिकतम तीन व र्ष लामो कारावास सँजाय हुने भएको छ।

मलेसिया र सिंगापुरका ती दुई विदेशी पत्रकार तुर्केली टेलिभिजन टीआरटीका लागि काम गर्दै आएका थिए। अल्पमत मुश्लिम समुदाय रोहिँग्यामाथि म्यान्मार सरकारले लिएको दमनको नीतिका कारण टर्की र म्यान्मारबीचको सम्बन्ध चिसिएको छ।