विस्फोटमा २० मृत्यु


 

मोगादिसु, (एजेन्सी)
सोमालियाको राजधानी मोगादिसुमा दुई शक्तिशाली विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको जनाइएको छ। दुई हप्ताअगाडि मात्र भएको एक शक्तिशाली विस्फोटमा करिब ३ सय ५० जनाको मृत्यु भएको थियो। शनिबार एउटा चर्चित होटलनजिकै एउटा कार बम विस्फोट भएको थियो। त्यसको ठीक २० मिनेटपछि पुरानो संसद् भवननजिकै अर्को विस्फोट भएको थियो। उक्त विस्फोटको जिम्मेवारी इस्लामिक कट्टरपन्थी संगठन अल शबाबले लिएको छ। दुई हप्ताअगाडि भएको विस्फोटमा पनि सोही संगठनलाई सोमालियाका अधिकारीहरुले जिम्मेवार ठहर्याएका थिए।