दुर्लभ युद्ध अभ्यास


 

सोल, (एजेन्सी)
उत्तर कोरियाले यसै हप्ता युद्धको तयारीका लागि देशभरि सामुहिक सुरक्षित स्थानमा स्थानान्तरण तथा ब्ल्याक आउटको अभ्यास गरेको छ। युद्धको स्थितिमा मात्र हुने यस प्रकारको अभ्यास दुर्लभ मानिन्छ। उक्त अभ्यास सहायक तथा प्रमुख नगर र शहरहरु विशेष गरी पूर्वीतटीय क्षेत्रमा भएको एनके न्युज एजेन्सीले जनाएको छ। तर उक्त अभ्यास राजधानी प्योङयाङमा भने गरिएको थिएन। लगातार क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षणका कारण उत्तर कोरियाको अमेरिका र उसका सहयोगीसँग तनावको स्थिति रहेको छ। अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमले खतरा बढेको जनाएको छ।