वरिष्ठ पत्रकार गिरफ्तार


 

 

रायपुर, (एजेन्सी)
छत्तिसगढ राज्यमा रमण सिंहको सरकारमा बहालवाला एक मन्त्रीसँग जोडिएको यौनसँग सम्बन्धित सीडी राखेको आरोपमा वरिष्ठ पत्रकार विनोद बर्मालाई प्रहरीले गाजियाबाद स्थित उनको घरबाट पक्राउ गरेको छ। उनले उक्त सीडीको प्रतिलिपिहरू पनि बनाइसकेको बताइएको छ। उनलाई ब्ल्याकमेलिङको आरोप लगाइएको छ। सीडी बनाउने व्यक्तिले अर्डरमुताबिक १ हजार सीडी बनाएको बताएको प्रहरीले जानकारी दिए। ती व्यक्तिसँग विनोद बर्माको नम्बर रहेको र ती सीडीमध्ये ५ सयवटा बर्माको घरबाट बरामद भएको प्रहरीले दाबी गरेको छ।