सैन्य अभ्यासमा पुटिन


 

मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मध्येराति उसको आणविक क्षमता बोकेको सैन्य बलको सैनिक अभ्यासमा सहभागी भएको क्रेमलिनले जनाएको छ। उक्त अभ्यासमा रुसको एक कुनाबाट अर्को कुनामा ४ वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। अभ्यासका क्रममा पूर्वबाट पश्चिममा प्रक्षेपण गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र रुसको उत्तर पश्चिम अर्कान्जेल्स्क क्षेत्रमा खसेका थिए भने देशको पश्चिम भेगबाट प्रक्षेपण गरिएका दुई क्षेप्यास्त्र सुदूर पूर्वी इलाका काम्चात्कामा खसेका थिए। उक्त इलाका अमेरिकाको अलास्कासँग बेरिङ सागरबाट अलग्गिएको भू–भाग हो।