सी स्वीकार्य


बेइजिङ, (एजेन्सी)
साम्यवादी चीनको सस्थापक नेता माओत्सेतुङको मार्गअनुरूप देशलाई डोहोर्याउनुपर्ने अडान राख्दै आइरहेको अनुदारवादी कट्टरपन्थी समूहले राष्ट्रपति सी जिनपिङको ‘नयाँ युगको समाजवाद’ र समानताका लागि जोड दिने नीतिलाई स्वागत गरेको छ। यद्यपि उनीहरू अझै यसमा उत्सुक मात्र रहेको बताइएको छ। उनीहरूले सीलाई माओकै दर्जामा राख्न चाहेका छैनन्। यसैहप्ता सम्पन्न भएको सत्तारुढ कम्युनिस्ट पार्टीको नेतृत्व चयनमा सीलाई चीनको गौरब तथा समृद्धिका लागि प्रष्ट दृष्टिकोण भएको नेताका रूपमा स्विकार गरिएको थियो।