विध्वंशको चेतावनी


 

 

बेइजिङ, (एजेन्सी)
चिनियाँ भूगर्भशास्त्रीहरूले उत्तर कोरियाले परमाणु हतियार परीक्षणका लागि प्रयोग गर्दै आइरुहेको पुङग्ये री पहाडी इलाकामा पुनः अर्को परीक्षण भएमा त्यसको विनासकारी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उत्तर कोरियाले उसको छैठौं परमाणु परीक्षण गरेको उक्त इलाका चिनियाँ सिमानाबाट करिब ५० माइल दुरीमा पर्छ। त्यस क्षेत्रमा अर्को परीक्षणले पहाडको माथिल्लो हिस्सालाई ध्वस्त पार्ने र त्यसले विशाल भुस्खलन हुने बताउँदै त्यसबाट रेडियोधर्मी फोहोर चीनको सीमासम्म फैलिन सक्ने एक वरिष्ठ चिनियाँ वैज्ञानिकले चेतावनी दिएका छन्।