मोबाइल पसल चोरी


काठमाडौं, (नेस)
जोरपाटी बेंसीगाउँ बस्ने सिन्धुपाल्चोक भोटेनाम्लाङ–७ घर भएका केदार सिलवालले गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा सञ्चालन गरेको स्मार्ट मोबाइल पसलको सटरको ताला फुटाइ करिब १ लाख ११ हजार रुपियाँबराबरको विभिन्न किसिमका मोबाइलहरु चोरी भएको छ। फरार चोरहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।