प्रधानसेनापतिद्वारा झण्डा प्रदान

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्टलाई एक विशेष समारोहका बीच निशान झण्डा प्रदान गर्नुभएको छ।

सरकारको गत वैशाख २९ गतेको निर्णयअनुसार नेपाली सेनाको संशोधित पुनर्ढाचाअनुरूप तत्कालीन महावीर गण (रेञ्जर) लाई महावीर रेञ्जर रेजिमेन्टमा स्तरोन्ती गरी उक्त रेजिमेन्टअन्तर्गत दुई वटा रेञ्जर गण (फस्ट र सेकेन्ड रेन्जर गण) खडा गरिएको थियो।

उक्त समारोहलाई सम्वोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको पहिलो अपरेसनल रेजिमेन्टको स्थापनासँगै एक ऐतिहासिक दिन भएको बताउनुहुँदै नेपाली सेना र अमेरिकी सेनाबीचको द्विपक्षीय सम्बन्ध कालान्तरसम्म रहिरहने विश्वास व्यक्त गर्नुभएको थियो। साथै वहाँले नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएका विभिन्न संयुक्त तालिमहरुलाई निकट भविष्यमा अझ प्राथमिकतामा राख्नुपर्ने कुरा बताउनुभयो।

सो समारोहमा पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल, नेपालका लागि अमेरिकी राजदूत एलाईना बी तेप्लिज, नेपाली सेनाका रथीबृन्द, नेपालका लागि बेलायती तथा अमेरिकी सैनिक सहचारी, नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा तथा अमेरिकाका १३ जना सैनिकहरुको समेत उपस्थिति रहेको थियो।