दे भ्वय् छेँको वार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
दे भ्वय् छेँ काठमाडौं–२० भीमसेनस्थानको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष महेन्द्रध्वज जोशीको अध्यक्षता एवम् जग्गादाता भरतलाल प्रधानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो। जग्गादाता प्रधान ललितपुर, सुन्धारा ढालाछँे निवासी हुनुहुन्छ।

सो अवसरमा संस्थाको भवन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने २ सय ५२ जना चन्दादातालाई सम्मान गरिएको थियो।

यस्तै वडा नम्बर २० का १२ जना राष्ट्रिय खेलाडीहरूलाई गोरखरत्न नामक पदकले सम्मान गरिएको थियो। संस्थाले विगतदेखि सामाजिक कार्य गर्दै आएको छ।