साझाले उम्मेदवार छान्यो


 

सुर्खेत, (नेस)
विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतमा उम्मेदवार घोषणा गरेको छ।

दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिएको साझा पार्टीले जनाएको छ। प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट रमा आचार्य र क्षेत्र नम्बर २ का लागि डा. गोविन्द आचार्यलाई साझाले उम्मेदवार बनाएको छ।

यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ ‘क’का लागि गुर्भाकोटका दीपक रेग्मी, ‘ख’का लागि लोकेन्द्र शाही र क्षेत्र नम्बर २ अन्तर्गत निर्वाचन क्षेत्र ‘क’का लागि ओमदत्त रेग्मी र ‘ख’का लागि पदम खनाललाई साझाले उम्मेदवार बनाएको छ।