बाबुको स्मृतिमा स्वास्थ्यसम्बन्धी अक्षयकोष

0
Shares

 

पर्वत, (नेस)
पर्वतको फलेबास नगरपालिकामा एक परिवारले आफ्ना दिवंगत पिताको स्मृतिमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको छ।

फलेबास नगरपालिका वडा नम्बर ५ का स्वर्गीय नेत्रप्रसाद सुवेदीको परिवारले उहाँको स्मृतिमा ५० हजार रुपियाँ बराबरको स्वास्थ्य अक्षयकोष स्थापना गरेका हुन्। दिवंगत सुवेदीको १३औं दिनको पुण्यतिथिमा शनिबार उक्त कोषको घोषणा गरिएको हो। कोषको ब्याजबाट स्वास्थ्य उपचार नपाएका बिरामीलाई आर्थिक सहयोग गर्ने र स्वास्थ्यको क्षेत्रमा कलम चलाउने ३ जना पत्रकारलाई वर्षेनि पुरस्कृत गरिने छोरा परशुराम सुवेदीले जानकारी दिए।