अदुवा निकासीमा जीएसटी नलगाउन आग्रह

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
वाणिज्य मन्त्रालयको पहलमा नेपाल सरकारको एक टोलीले भारतको सिलगुडीस्थित भन्सार भन्सार आयुक्तलगायत भारतीय पदाधिकारीसँग छलफल गरेको छ।

विगत केही दिनेदेखि नेपालबाट भारततर्फ अलैंची, अदुवा निकासीमा भैरहेको अवरोध सम्बन्धमा टोलीले भारतीय पदाधिकारीसँग छलफल
गरेको हो।

छलफलमा नेपाली टोलीले नेपालको काँचो अदुवा निकासी गर्दा भारतमा लाईसेन्स लिईरहनु नपर्ने, अदुवाको अन्य प्रकारबाट काँचो अदुवा निकासी हुँदा जीएसटी लाग्नेभएकाले काँचो अदुवाझैं निकासीमा जीएसटी नलाग्ने व्यवस्था गर्न अनुरोध गरेको छ। टोलीले नेपाल भारत वाणिज्य सन्धीअनुसार नेपालको कृषिजन्य वस्तु निर्वाध रुपमा भारत निकासी हुनुपर्ने प्रावधान रहेकाले अदुवा निकासीमा देखिएको अवरोध तत्काल हटाउन पहल गर्न भारतीय पक्षलाई आग्रह गरेको थियो।

नेपाली पक्षले उठाएका विषयमा सकारात्मक हुँदै भारतीय पक्षले समस्या समाधानका लागि तत्काल सम्बन्धित निकायमा आवश्यक पहल गर्ने आश्वासन दिएको थियो।

छलफलमा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, नेपाली महावाणिज्य दूतावास कोलकाताका उपमहावाणिज्यदूत नारायण शर्मा, मेची भन्सार कार्यालयका प्रमुख टेक बहादुर अर्याललगायतको सहभागीता रहेको थियो।