कटारीमा तेक्वान्दो छनोट हुने


उदयपुर, (नेस)
उदयपुरको कटारीमा पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो छनोट प्रतियोगिता हुने भएको छ। शुक्रबार कटारीमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १७ र १८ गते प्रतियोगिता आयोजना गरिने प्रतियोगिताका संयोजक घनश्याम बुर्जा मगरले जानकारी दिए। पूर्वाञ्चलका १६ जिल्लाका २ सय तेक्वान्दो खेलाडीहरूले सहभागिता जनाउने भएका छन।

कटारी नगरपालिका, साथी समूहलगायत कटारीका स्थानीय युवाहरूको सहयोगमा सम्पन्न गरिने प्रतियोगिताको आयोजना त्रिवेणी तेक्वान्दो डोजाङ र युनिटी तेक्वान्दो डोजाङ कटारीले गर्नेछन्। प्रतिस्पर्धामा १६ र पुम्से कातामा ८ गरी २४ जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन्।