शल्यक्रिया सफल


नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानी दिल्लीको एउटा अस्पतालमा शल्य चिकित्सकहरु दुई जना जुम्ल्याहा बालकको जोडिएका टाउको छुटइउन सफल भएका छन्। दुई वर्षीय जागा र कालिया नामक ती बालकको १६ घण्टा लामो शल्यक्रिया भएको थियो। डाक्टरहरुले अहिले तिनीहरुलाई सघन उपचार कक्षमा राखिएको बताएका छन्। भारतमा पहिलोपटक यस प्रकारको शल्यक्रिया गरिएको हो। सरकारी अस्पतालमा गरिएको सो शल्यक्रियामा ३० जना डाक्टरको सहभागिता रहेको थियो। ती बालकको जन्मिँदै टाउको जोडिएको र तिनीहरुको एउटै रक्त कोशिका र मस्तिष्क तन्तु रहेको थियो।