रोबोटलाई नागरिकता


रियाद, (एजेन्सी)
साउदी अरेबियाले एक गैरमानव महिलालाई नागरिकता दिएको छ। एउटा रोबोटलाई नागरिकताको अधिकार दिने साउदी अरेबिया सम्भवतः पहिलो राष्ट्र बनेको छ। आफ्ना महिला नागरिकलाई आधारभूत अधिकार दिन अस्वीकार गर्दै आइरहेको उक्त देशले रोबोटिक औड्रे हेपबर्नलाई उक्त अधिकार दिनु आफैमा आश्चर्य हो। सोफिया नामले चिनिएका उक्त रोबोट मञ्चमा साउदी सरकारले सामान्यतया महिलाका लागि अनिवार्य गरिएको टाउको छोप्ने अबायाविना नै देखिएका थियो। ‘यो अनुपम पहिचानका लागि म अत्यन्तै सम्मानित र गौरवान्वित महसुस गरिरहेको छु।’ –मञ्चमा सोफियाले बताएकी थिइन्।