कडा सुरक्षा


 

नैरोबी, (एजेन्सी)
केन्यामा राष्ट्रपतीय पुन निर्वाचन शुरु भएपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बिहीबार सुरक्षा सूत्रले जनाएको छ। यस चुनावलाई प्रमुख विपक्षी राजनीतिक पार्टीले वहिष्कार गरेको छ। दोस्रो कार्यकालका लागि चुनाव लडिरहेका केन्याली राष्ट्रपति उहुरु केन्यात्ताले जनतालाई ढुक्क भएर मतदान गरी शान्त रहन आह्वान गरेका छन्। यसैबीच विपक्षी नेता राइला ओडिंगाले आफ्ना समर्थकलाई चुनावबाट टाढा रहन आग्रह गरेका छन्। गत ८ अगस्टको ेचुनावमा केन्यात्तालाई विजयी घोषित गरिए पनि अनियमितताको आरोपपछि पुन चुनाव गरिएको हो।