बाबु छोराले जिते पदक


 

काठमाडौं, (नेस)
भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ। ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलोपटक प्रतियोगितामा सहभागी भएका उनका छोरा रोजिन नकर्मीले सब जुनियर (१९ वर्षमुनि) कास्य पदक प्राप्त गरेका हुन्।

यस अघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्रले स्वर्ण पदक जितेका थिए। प्राप्त गर्न सफल भएका थिए। पावरलिफ्टिङमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहँदै आएको छ। यसअघि २०१४ मा दिल्लीमा नै प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत, २०१५ मा केरेलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्यपदक हासिल गरेका थिए।