ठोस इन्धन रकेट


 

सोल, (एजेन्सी)
उत्तर कोरियाले गत हप्ता पूर्वी तटीय नगर हामहङमा ठोस इन्धनयुक्त रकेट इन्जिनको परीक्षण गरेको अमेरिकी सरकारमा उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम सम्बन्धी ज्ञान राख्ने अधिकारीलाई उद्धृत गर्दै द डिप्लोम्याटले उल्लेख गरेको छ। उत्तर कोरियाले यसअघि पनि ठोस इन्धन परीक्षण गरिसकेको छ। यसले उसको पुक्गुक्सोङ क्षेप्यास्त्र विकासमा योगदान पुर्याएको जनाइएको छ। प्योङयाङसँग उसको हतियार भन्डारमा दुई ठोस इन्धनयुक्त पुक्गुक्सोङ क्षेप्यास्त्र रहेको छ। उत्तर कोरिया नयाँ ठोस इन्धन रकेटलाई पुक्गुक्सोङ ३ अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र विकासका लागि प्रयोग गर्न सक्ने अनुमान गरिएको छ।