विराट बिहे गर्ने सुरमा


 

नयाँ दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले छिटै बिहे गर्न सक्ने भारतीय मिडियाले जनाएको छ। मिडियाका अनुसार यसै वर्षको डिसेम्बरमा विराट बिहे बन्धनमा बाँधिन सक्नेछन्। विराटको बलिउड अभिनेत्री अनुष्का शर्मासँग बिहे हुन लागेको हो। तर दुबैको बिहेको मिति भने तय गर्न सकिरहेको छैन।

मिडियाले जनाएअनुसार विराटले श्रीलंकाविरुद्धको घरेलु सिरिजबाट बे्रक लिएर बिहे गर्नेछन्। तर डिसेम्बरमा भारतले श्रीलंकाविरुद्ध तीन वान डे र तीन टी २० खेल खेल्ने भएकाले पनि उनलाई बिहेको मिति मिलाउन भारतीय क्रिकेट बोर्डसँग बे्रक मागिएको जनाइएको छ। यसपछि नयाँ वर्ष २०१८ मा भारत दक्षिण अफ्रिकाको यात्रामा जानेछ। यसले पनि विराट बिहे छिट्टै गरेर दक्षिण अफ्रिका यात्रा गर्न चाहेका छन्। विराट र अनुष्काको प्रेम सन् २०१३ देखि भएको हो। उनीहरुको एउटा सेम्पुको विज्ञापनको सुटिङमा भेट भएको थियो।