विवाहमा रोक


 

 

लखनउ, (एजेन्सी)
पश्चिमी उत्तर प्रदेशको बागपतको विजवाडा गाउँको पञ्चायतले महिलाका लागि हुने समस्यालाई लिएर शौचालय नभएको घरमा विवाह नहुने फैसला दिएको छ। यो सर्त केटा र कटी दुवैको विवाहमा लागू हुने बताइएको छ। यस निर्णयले शौचालय नभएको घरमा बुहारी ल्याउन वा त्यहाँको केटीको पनि विवाह नहुने भएको छ। गाउँका प्रमुख अरविन्दले गाउँमा छोरी बुहारीको इज्जतका लागि शौचालय हुनु आवश्यक भएको बताए। गाउँमा महिला साँझ भएपछि शौचका लागि जान नपाउने पीडा रहेको उनले बताए। बाहिर शौच गर्न महिलाले नहरको किनारामा जानुपर्ने र त्यहाँ किसानहरूको आवजजावत भइरहने बताए।