नमाज पढ्न रोक


दुबई, (एजेन्सी)
दुबईको सडकमा गाडी रोकेर नमाज पढ्नेले अब ५ सय दिरहम जरिवाना तिर्नुपर्ने बताइएको छ। सडकमा नमाजको क्रममा भएको एक दुर्घटनामा दुई जनाले ज्यान गुमाएपछि त्यहाँको प्रहरीले उक्त निर्णय लिएको हो। प्रहरी अधिकारी सैफ मुहेर अल मजरोइले मस्जिदलगायत पेट्रोल पम्पमा पनि नमाज पढ्न पाउने सुविधा दिइनेछ। नागरिकहरूले ती वैकल्पिक स्थानको प्रयोग गर्न सक्ने उनले बताए। कुनै पनि चालकले आफ्नो वाहनलाई सडक किनारमा रोकेर नमाज पढ्नुलाई कुनै पनि हालतमा छुट नहुने उनले बताए। विशेष गरी राजमार्गमा उक्त कार्यलाईलाई विलकुल छुट नहुने उनले थपे।