क्वालालम्पुर, (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको हत्याको अभियोग लगाइएका दुई जना महिलालाई मलेसियास्थित घटनास्थलको भ्रमण गराइएको छ। मंगलबार इन्डोनेसियाली सिती आइसाह र भियतनामी डोन थि हुओंगलाई क्वालालम्पुर विमानस्थलमा लगिएको छ। यी दुवै महिलामाथि उडानका लागि प्रतीक्षामा बसेका किमको अनुहारमा प्राणघातक विषाक्त रसायनिक पदार्थ भिएक्स नर्भ एजेनट दलेको अभियोग लगाइएको छ। तर तिनीहरूले आफूहरूले एउटा टेलिभिजनको प्रइ्ँंकमा मात्र भाग लिएको र आफूहरूलाई उत्तर कोरियाली एजेन्टहरूले फसाएको बताएका छन्।











प्रतिक्रिया