सहयोग फिर्ता


 

यांगुन, (एजेन्सी)
अमेरिकाले म्यान्मारको रखाइन राज्यमा सरकारले अल्पमत रोहिंग्या मुस्लिममाथि गरिएको व्यवहारबाट असन्तुष्ट भएर आफ्नो सैनिक सहयोग एकाइहरू फिर्ता लान लागेको छ। अमेरिकी विदेश विभागले म्यान्मार सैनिक अधिकारीहरू अमेरिका भ्रमणमाथि प्रतिबन्ध लगाइएको तथा अमेरिकाले म्यान्मारमाथि आर्थिक नाकाबन्दी पनि लगाउनेबारे सोचिरहेको जनाएको छ। संयुक्त राष्ट्र संघका लागि बंगलादेशका दूतले झन्डै १० लाख रोहिंग्या मुस्लिम म्यान्मारबाट भागेर बंगलादेश पुगेको बताएका छन्। म्यान्मारका सेनाले भने आफूहरू जनतासँग नभई आतंककारी लडाकूहरूसँग लडिरहेको बताएको छ।