आस्थाको पर्व छठ शुरू, दुलही झैं सजिए छटियाघाट

0
Shares

 

सन्दर्भः विश्व पोलियो दिवस
१० प्रतिशत बालबालिका अझै पोलियो खानबाट वञ्चित
प्रशान्त वली, काठमाडौं
पछिल्लो ७ वर्षयता नेपालमा पोलियो रोगका बिरामी देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पोलियो थोपा खुवाउने अभियान दिगो हुँदै गएपछि बालबालिकामा पोलियो रोग नदेखिएको बाल स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।

सन् १९९९ देखि २०१० सम्ममा ३२ जना बालबालिका पोलियोका रोगी फेला परेको बाल स्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पोलियो थोपा खुवाउन अभियान नै चलाएकाले शून्यको अवस्थामा पुगेको हो। यद्यपि उन्मूलन नै भने अझै भएको छैन।’ देशभरमा पोलियो थोपा खान योग्य १० प्रतिशत बालबालिका विभिन्न कारणले वञ्चित भएका छन्। पोलियो रोगविरुद्धको खोप नखाएका बालबालिकामा पोलियो देखिन सक्ने र पछि गएर पोलियो भाइरसले आक्रमण गरी लुलो लंगडो हुनसक्ने बाल स्वास्थ्य महाशाखाले जनाएको छ।

नेपालमा अझै पूर्णतः पोलियो उन्मूलन नभएकाले ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो खुवाउनुपर्ने बाल स्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेले बताउनुभयो। वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा वार्षिकरूपमा ६ लाख २३ हजार शिशु जन्मने गर्छन्।

प्रतिवर्ष ८६ प्रतिशत बालबालिकाले नियमित पोलियोविरुद्वको खोप लगाएको गरेको सरकारी तथ्याङ्क छ। सन् १९९६ मा ५ वर्षमुनिका प्रतिहजार बाल मृत्युदर १ सय १८ रहेकोमा २०१६ मा ५४ जना रहेका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा नेपाललगायत त्यसमा आबद्ध देशहरूलाई पोलियो उन्मूलन राष्ट्र बनाउने लक्ष्य लिइएको छ।
यस्तै, नेपालमा मंगलबार विश्व पोलियो दिवस मनाइएको छ। दिवसको अवसरमा ‘नियमित खोप अभियानमा २ थोपा पोलियो खुवाई रोगलाई फर्किन नदिउँ’ भन्ने नाराका साथ देशका विभिन्न जिल्लाहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भएको छ।