दुई मन्त्रीलाई जिम्मेवारी थप


गृहमा बस्नेत, परराष्ट्रमा कार्की

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्का दुई मन्त्रीलाई जिम्मेवारी थप गर्नुभएको छ। मंगलबार प्रधानमन्त्री देउवाले आफू मातहतमा रहेको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलको जिम्मेवारी कांग्रेसका दुई मन्त्री दिनुभएको छ।

माओवादी केन्द्रका मन्त्रीलाई बिना विभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।