बालबालिकालाई न्यानो कपडा वितरण

0
Shares

 

काठमाडौं, (नेस)
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरूको समूह मेन्स रुम रिलोडेड (एमआरआर), नुवाकोट समूहले नुवाकोट, गत कात्तिक २ गते लक्ष्मीपूजाको दिन विदुरमा अवस्थित जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई निःशुल्क न्यानो कपडा, किताब–कपीलगायतका सामग्री वितरण गरेको छ।

समूहका संयोजक अविनाश घिमिरेले दिनुभएको जानकारीअनुसार उक्त आश्रममा रहेका करिब २० जना बालबालिकालाई लत्ताकपडा, किताब–कपी वितरण गरिनुका साथै खानासमेत खुवाइएको थियो। सो अवसरमा बालबालिकालाई विभिन्न किसिमका जीवन उपयोगी जानकारी पनि प्रदान गरिएको थियो। समूहले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमहरुको निरन्तरता दिइने जनाएको छ।

उक्त कार्यक्रममा एमआरआरका तर्फबाट सुन पाण्डे, हरि गजुरेल, रोजन भुसाल, सुरेश भट्ट, सुमनराज पाण्डे, शंकर भुसाललगायत सदस्यहरूले उक्त सामग्री वितरण गरेका थिए।