सारापोभा तियान्जियन च्याम्पियन

0
Shares

 

लन्डन, (एजेन्सी)
पूर्वविश्व नम्बर एक महिला टेनिस खेलाडी मारिया सारापोभा तियान्जियान ओपन टेनिस प्रतियोगिताको च्याम्पियन बन्न सफल भएकी छन्।

चीनको तियान्जिन शहरमा भएको तियान्जिन ओपन टेनिसको महिला सिंगल्सको फाइनलमा रसियन टेनिस सुन्दरी मारिया सारापोभोले आर्यना सावालेन्कालाई ७–५, ७–६ को सोझो सेटमा पराजित गर्दै दुई वर्षपछि च्याम्पियन बन्न सफल भएका हुन्।

एन्टी डोपिङका कारण प्रतिबन्धमा परेपछि १५ महिना कोर्ट बाहिर रहेकी सारापोभा गत अप्रिलबाट टेनिस कोर्टमा फर्केकी थिइन्। सारापोभाले प्रतिबन्धमा पर्नुअघि सन् २०१५ मे मा इटालियन ओपन जितेकी थिइन्। त्यसपछि डोपिंगका कारण सारापोभालाई १५ महिनाको लामो प्रतिबन्ध झेल्नुपरेको थियो।