सारापोभाको पहिलो फाइनल

0
Shares

 

लन्डन, (एजेन्सी)
पूर्व विश्व नम्बर एक मारिया सारापोभा ड्रग्स प्रतिबन्धबाट फर्केपछि पहिलो पटक डब्लुटीए फाइनलमा पुगेकी छन्।

शनिबार सारापोभाले चिनीया खेलाडी पेङ शुआईलाई ६–३, ६–१ ले हराएर टियाजीन ओपनको फाइनलमा स्थान बनाएकी हुन्। घरेलु खेलाडी शुआई डिफेन्डिङ च्याम्पियन हुन्। तर उनी ८६ औं स्थानमा रहेकी सारापोभासँग ७८ मिनेटमै पराजित भइन्।

मेल्डोनीयम नामक प्रतिबन्धित औषधि लिएको प्रमाणित भएपछि रसियन खेलाडीलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। गत अप्रिलमा कोर्टमा फर्केयता उनले पहिलो फाइनल खेल्दैछिन्। उनले मे २०१५ मा इटालियन ओपन जितेयता फाइनलमा खेल्न लागेकी छिन्। फाइनलमा ३० वर्षीया सारापोभाको सामना बेलारुसकी १ सय २ स्थानमा रहेकी एरीना साबालेन्कासँग खेल्नेछिन्। १९ वर्षीया साबालेन्काले इटालीकी सारा इरानीलाई १० एससहित मात्र ५८ मिनेटमै ६–१, ६–३ ले हराएकी थिइन्।